सामाजिक कार्यमा केआरएसए

किरात राई सोसाइटी अफ अमेरीकाले बाढि पीडितलाई आर्थिक सहयोग गरेको छ । बाढी पीडितबाट विस्थापित इटहरीका ६ घरपरिवारलाई १ लाख  ५० हजार रुपौयाँ प्रदान गरिएको छ । इटहरी १० का राधा श्रेष्ठ, जीवनकुमार राई, मंजु ढकाल, ओमप्रकाश सिंहका परिवार घर निर्माणमा सहयोग पुयाउने उदेश्यले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको छ ।

त्यसैगरी इटहरी ३ का बसन्त धिमाल र रंजु धिमालका परिवारलाई प्रति परिवार २० हजारका दरले आर्थिक सहयोग गरिएको छ । नेपालमा संस्थाका क्रियाशील सदस्य संचारकर्मी जसकुमार राईले समन्वय गर्नुभएको संस्थाका अध्यक्ष चन्द्रकुमार राई बताउनुभयो ।

किरात राई सोसाइटी अफ अमेरिकालेले नेपालका बाढीपीडितहरुलाई २ हजार अमेरिकी डलर सहयोग गर्ने धोषणा गरिएको थियो ।
‘नेपालमा भएको प्राकृति विपतपछि बोर्ड र केन्द्रीय कार्यसमितिको अगस्त् १५ मा आकास्मीक बैठकबसि बोर्ड चेयर प्रमोद थुलुङ राई र अध्यक्ष चन्द्रकुमार राईमार्फत संयुक्त प्रेस विज्ञप्ती जारी गरी बाढीपीडितलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थियौं । र, सोही अनुसार नै हामीले सहयोग गरेका हौं।’ किरात राई सोसाईटी अफ अमेरीकाका महासचिव नीला राईले भन्नुभयो ‘बाढी र पहिरोले देश संकटको घडीमा पुगेको बेला जुनसुकै मुलुकमा बसेको भए पनि नेपालीहरु एकजुट भएर संकट समाधानतर्फ लाग्नुपर्ने भन्दै सोसाइटीले यी कार्य गरेको हो ।’

सोसाइटीले बाढी र पहिरोबाट प्रभावित जनताको तत्काल उद्धार गरी राहतको व्यवस्था गर्न तथा उनीहरुको पुनःस्थापनाका लागि तत्कालीन र दीर्घकालीन सहयोग गर्न नेपाल सरकार र विभिन्न संस्थाहरुसँग आग्र्रहसमेत गरेको थियो ।

 प्रेस विज्ञप्ती

PRESS RELEASE_ KRSA (1)