केआरएसएको रक्तदान सम्पन्न

बिआरटीनेपाल२०८० असार १० गते १७:२२ मा प्रकाशित

न्यू योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। न्यू योर्क ब्लड सेन्टरका अनुसार उनीहरु सहभागी हुने रक्तदान कार्यक्रममा औसत २० देखि ४० जनाले रक्तदान हुने गरेको छ।


केआरएसएले हरेक वर्ष आफ्नो स्थापना दिवसको अबसर पारेर रक्तदान कार्यक्रम आयोजनान गर्दै आएको छ। केआरएसएको रक्तदान कार्यक्रममा न्यू योर्क ब्लड सेन्टरले सहयोग गर्दै आएको छ। कोभिडको महामारीका बेला न्यू योर्क ब्लड सेन्टरले ब्लड इमर्जेन्सी घोषणा गरि रक्तदानको आह्वान गरेको थियो। त्यतिबेला पनि केआरएसएले रक्तदान कार्यक्रम आयोजना गरेको थियो।


केआरएसएले रक्तदान गरेका ५३ जनालाइृ प्रमाणपत्र वितरण गरेको छ। सहभागी करिब एक दर्जनले उच्च रक्तचाप, छालामा खटिरा लगायतका कारण रक्तदान गर्न पाएनन्। रक्तदानमा सहभागी सबैलाई केआरएसए केन्द्रिय अध्यक्ष खगेन्द्र राईले प्रमाणपत्र वितरण र धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा केआरएसएका बालबालिकाले स्वयंंसेवा गरेका थिए।    

Link: https://www.brtnepal.com/2023/06/25/194363.html