मुन्दुममार्फत किरात इतिहास र पहिचान पढाउँछौ

 

दिवस कोयू

किरात येले सम्बत् ५०६४ तदनुसार सन् २००४ मा संयुक्त राज्य अमेरिकाको नाफा रहित संस्थाको विधी–विघान, नियम कानून बमोजिम Not-For-Profit Organization 501(c)  Recognized By IRS For Tax मान्यता प्राप्त गरि विधिवत् रुपमा स्थापना भएको यस किरात राई सोसाईटी अफ अमेरिका (KRSA)को ६ औ राष्टिय सम्मेलन् (महासभा) टेक्सास् राज्यको डालास सहरमा किरात येले संम्वत् ५०८३, तदनुसार मे २८, २०२२मा “आजको आवश्यकता माङ्खिम निमार्ण र मुन्दुम अभिलेखिकरण” भन्ने नाराका साथ ऐतिहासिक रुपमा सम्पन्न भई श्री खगेन्द्र राईज्यूको अध्यक्षता किरात राई सोसाईटी अफ अमेरिको सर्वसहम्त नयाँ कार्यसमिति र वोर्ड डिरेक्टर निर्वाचित भएका र्छौ ।
किरात जाति छुट्टै सभ्यता बोकेको जाति हो । यस्तो गौरवशाली सभ्यता बोकेका हामी किरात राई जाति आज संसारभरी छरिएर बसेका छौं । संसारभरका किरात राई समुदाय र संघ/संस्थालाई आर्थिकलगाएतका भौतिक सहयोग गर्दै उनीहरुका दु:ख-पीडामा साथ, सहयोग र मानवीय समवेदनासँग जोडिएका विषयहरुमा हातेमालो गर्दै आएका छौं । र, यो अभिभारा बहन गर्न हामी “किरात राई सोसाईटी अफ अमेरिका” मार्फत सकृय छौ । साथै यी बाहेक संगठनका उदेश्य र लक्ष्य प्राप्त गर्न पनि कियाशील छौ ।
कोरोना कहरको बेला (सम्भवत: यो सताब्दीकै कठिन समय) महामारीको भेलले कत्तिको जीवन बगाई रहँदा, संस्थाको प्रत्येक (निर्वमान अध्यक्ष रामकुमार राईज्यूको कार्यकालबाट सुरु भई हालका अध्यक्ष खगेन्द्र राईज्यूको कार्यकालमासमेत निरन्तरता) स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले न्यूर्याकका अस्पतालहरुमा सयौंलाई जीवन दान दिदैं मानवीय धर्म गरेका कुरा प्रत्येक समयमा संस्थालाई प्राप्त ‘साइटेसनहरु’का शब्द–शब्दले बोलिरहेका छन् । यी रक्तदान कार्यले कतिलाई पन्न्डूब्बीको काम गर्यो, कतिला फड्केको काम गर्यो, कतिलाई भेलबाट तैरिन् मद्दत/जीवनदान/सहयोग गरयो । हो, त्यहाँ पनि “किरात राई सोसाईटी अफ अमेरिका” देख्न सकिन्छ । यसरी यूगौंसम्म बाँचिरहने आधारहरु केआरएसएले हजारै–लाखै जीवनहरुलाई हुर्काउँदै /बढाउदै बाचिरहको छ । र, हो त्यहाँ केआरसएएलाई भेट्न सकिन्छ, देख्न सकिन्छ, र केआरसएएको अध्यक्ष खगेन्द्र राईज्यूको शब्दमा शिर/संस्थापकज्यूहरु/अग्रज/सल्लाहकारज्यूहरु/ अभिवावकहरुको त्यहाँ प्रतिविम्व प्रतिविम्बीत भएको देख्न् सकिन्छ ।
अब,हाम्रा प्रत्येक कार्यहरुका साँची सरकारी कार्यलयहरु, सीटी काउन्सीलरका कार्यलय, मेयरका अफिस हुनेछन् । ती कार्यलयका प्रतिनीधिसमेतको उपस्थितीमा हाम्रा आधिकारीक कार्यक्रमहरु हुनेछन् । अमेरिकाको विविधतालाई अंगाल्दै किरात इतिहास, संस्कार संस्कृति, कला र साहित्यलाई विश्वब्यापीकरण गरिने छ । हाम्रो संस्था प्रत्येक सुम्निमा साँझहरुमा, उभौली/उधौलीमा उनीहरुसँगै हुने छ । साकेलालाई संयुक्त राज्य अमेरिकाको नै गर्विलो (ब्राण्ड) सांस्कृतिक कार्यक्रम बनाउदै उभौली/उधौलीहरुमा, सुम्निमा साँझहरुमा र अन्य कार्यक्रममा किरातीलाई चिनाउने छौं । नेपाल र नेपालीलाई चिनाउने छौं । ढोल झ्याम्टाको तालमा, या त साकेला शीलीमा हाम्रा टेक्नो पुस्तासँगै, गोराहरुलाई, कालाहरुलाई, एसियन या ल्याटीनोहरुलाई मुन्दुमलाई गाउनु सिकाउँने छौं । मुन्दुममार्फत किरात इतिहास र पहिचान पढाउने छौं ।
यो कार्यसमितिले थुपै सपनाहरु देखेका छन्, सपनाहरु पालेका छन् पनि, हुन त सपना देख्नु सजिलो हुन्छ तर, बास्ताविकतामा बदल्नु भने कठिन छ । यस् कार्यसमितिले संस्थाको विधानलाई पालना गदै प्रष्ट दृष्टिकोण, सकारात्मक सोच र सल्लाहकारज्यू, अभिवावक/अग्रजहरुको मार्गर्निदेशनमार्फत ती देखीएका, हुर्काइएका र पालिएका सपनाहरुलाई गोडमेल गर्दै अधि वढ्नेछौं ।
अन्त्यमा
यस नेतृत्वले सामाजिक संस्थाहरुबीचका सहमति, सहकार्य र समन्वयको अभ्यासलाई विगतका कार्यकालमा झैं उच्च महत्व र निरन्तरता दिने छ । सो अनुरुप सबै च्यापटरहरुका बीचका सम्बन्धका साथैं अन्य सामाजिक संस्थाहरुका विचको सम्बन्धलाई चिरस्थायी पार्दै जाने प्रतिवद्ध ब्यक्त गर्दर्छौ । साथै अन्य विभिन्न राज्यहरुमा च्याप्टरहरु विस्तार गर्न दतचित्त भई लागि पर्ने र्छौ